बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

कटहरीमा पहिलो पटक भौतिक संरचना सहित प्रहरी चौकीको स्थापना

Dinesh Khadaka 1416  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

कटहरी ३ गते। मोरङको कटहरी गाउँपालिकामा पहिलो पटक भौतिक संरचना सहित प्रहरी चौकीको स्थापना गरिएको छ । गाँउपालिकाको कार्यालय भित्रै रहेको एक भवनलाई प्रयोग गरि कटहरीमा प्रहरी चौकीको स्थापना गरिएको हो ।
सोमबार गाउँपालिका अध्यक्ष देवराज चौधरी र मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले संयुक्त रूपमा सो चौकीको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले नवस्थापित कटहरी प्रहरी चौकीले जनतामा शान्तिसुरक्षा प्रत्याभुति गराउने आश्वासन व्यक्त गरे । घर गाँउमै प्रहरी चौकी भएपछि अपराधिक क्रियाकलाप तथा घटनाहरुपनि क्रमस घट्दै जाने अध्यक्ष चौधरीले बताए ।
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले शान्तिसुरक्षा स्थापित गराउन प्रहरीको मात्र नभएर स्थानीवासीको पनि महत्वपूर्ण भुमिका रहने धारणा व्यक्त गरे । स्थानीयहरुले स्वतःस्फूर्त रुपमा कानुनको पालना गरे प्रहरी प्रसाशनको कतैपनि आवश्यक्तै नपर्ने उनको तर्क छ ।
त्यस्तै कार्यक्रममा बोल्दै मोरङका प्रहरी प्रमुख उपरिक्षक शान्तिराज कोईरालाले शान्ती सुरक्षा स्थानीयको सल्लाह र सहभागित मात्रै सुदृढ हुने तर्क गरे । स्थानीयहरुले कानुनको पालाना गर्ने सावालमा प्रहरीसँग सहकार्य गरे मात्र सुरक्षित समाज स्थापना हुने काईरालाको भनाई थियो ।
नवस्थापित कटहरी प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक दल बहादुर कार्की रहेका छन् । कार्कीको कमाण्डमा चौकीमा ९ जनाको प्रहरी टोली खटाईएको छ ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : ११:४४:४४ , ३ वर्ष अगाडि

error: Content is protected !!