बि.स. : २०८२ माघ २६, सोमबार

लवकुशको जन्मोत्वसमा हरिवनमा भव्य रथ यात्रा

राधेश्याम कुशवाहा / सर्लाही 11234  पटक हेरिएको

सर्लाही । नेपाल कुशवाहा कल्याण समाज सर्लाहीको आयोजनामा हिरवनमा भव्य लवकुश रथ यात्रा निकाले छ।समाजका कुल पुरूष कुशको जन्म जयन्तीको अवसर लवकुश रथ यात्रा निकालेको हो।

हरिवन वडा नम्बर ६ घुर्काैली स्थित हनुमान चौकबाट सुरु भएको रथ यात्रा हरिवन नगर परिक्रममा गरेर पुन सोही ठाउँमा आएर अन्त्य भएको आयोजकले जनाएका छन । भोलि बिहान लवकुश भगवनाको मुर्ति स्थापना गरी बिहान ९ बजेदेखि पुजा सुरु गरिने समाजका जिल्ला सचिव विरेन्द्र प्रसाद कुशवाहाले जानकारी दिए । आज साँझ नै मुर्ति स्थापना गर्ने कार्यक्रम रहेपनि नगर परिक्रममा मै ढिलो भएका कारण भोलि बिहान मुर्ति स्थापना गरिने सचिव कुशाहाको बताए ।

नेपाल कुशवाहा कल्याण समाज केन्द्रीय कार्यालयको पत्रको आधारमा अन्य जिल्लाझै सर्लाहीमा पनि कुशवाहाको कुल पुरुष कुशको जन्मदिनको अवसरमा कुश जयन्तीको रुपमा भव्यताका साथ मनाउन तथा तिन दिवसिय पुजामा सहभागीका लागि सबैलाई जिल्ला समितिले आह्वान गरेका छन ।

यस समाजका सम्पूर्ण बुद्धिजिवि, समाजसेवी, राजनीतिकर्मी, सञ्चारकर्मी, व्यापारी, महिला, युवाहरु भोली ३ गते हरिवन नगरपालिका वडा नम्वर ६ घुकौंली स्थित हनुमान चौकमा विहान ९ बजे पुजा र ११ बजे देखि मन्तव्य तथा सम्मान कार्यक्रम रहेकोले कार्यक्रममा अनिवार्य उपस्थितिका लागि पत्र मार्फत समाजका जिल्ला अध्यक्ष लक्ष्मण महतोले आग्रह गरेका छन् ।

आज निकालिएको रामधुनको झाँकी सहितको रथ यात्रामा ५२ वटा ट्रेक्टर, तिन सय मोटरसाइकल करिव दुई हजार भन्दा बढी मानिसहरुको सहभागीता रहेको आयोजकले दाबी गरे ।

प्रकाशित मिति: २०२४-०८-१८ , समय : २१:००:४० , १ वर्ष अगाडि

error: Content is protected !!