बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Aarya News Desk 5783  पटक हेरिएको

काठमाडौं । देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० बर्षिया इश्वरी कुमालको मृत्यु भएको हो ।

कुटपिटबाट मृत्यु भएका इश्वरीलाई छोडेर श्यामकुमार भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

स्थानीयका अनुसार कुमाल दम्पति दैनिक मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले इश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उनीहरुका तीन छोरी एक छोरा छन ।

प्रकाशित मिति: २०२४-०८-१५ , समय : ११:४४:०७ , ११ महिना अगाडि

error: Content is protected !!