बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

आज इतिहासमै सर्वाधिक कारोबार

Aarya News Desk 9065  पटक हेरिएको

देवानगञ्ज । निकै लामो समयपछि सेयर बजार परिसूचक नेप्से २९ सय अंक नाघेको छ । सोमबार नेप्से परिसूचांक ७०। ८१ अंकले वृद्धि हुँदै नेप्से २९ सय ८१ विन्दूमा पुगेको हो । यो गत ३० महिना यताकै हालसम्मको सर्वाधिक अंक हो ।

यस्तै आज इतिहासमै सर्वाधिक कारोबार भएको छ । आज एकैदिन २७ अर्ब २४ करोड २० लाखभन्दा धेरैको कारोबार भएको छ । कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।

अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । लगानी ०.१९ र उत्पादन समूहको सूचक भने १. १९ प्रतिशत घटे ।

प्रकाशित मिति: २०२४-०८-१२ , समय : १९:४४:०४ , ११ महिना अगाडि

error: Content is protected !!