बि.स. : २०८३ बैशाख ०४, शनिबार

एनसेलको सेवा अवरुद्ध

Aarya News Desk 4702  पटक हेरिएको

देवानगञ्ज। सोमबार दिउँसो ३:४८ बजेदेखि एनसेलको सेवा अवरुद्ध भएको छ।

एनसेलले सूचना प्रकाशित गरेरप्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको जनाएको छ।

सूचनामा भनिएको छ, ְ‘यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ कम्पनीले भनेको छ, ‘अवरुद्ध सेवा यथाशीघ्र नियमित गर्न तदारुकताका साथ काम भइरहेको जानकारी गराउन चाहन्छौँ।’

सेवा अवरुद्ध हुनुको कारण भने खुलाइएको छैन।

प्रकाशित मिति: २०२४-०८-१२ , समय : १९:०९:१३ , २ वर्ष अगाडि

error: Content is protected !!