बि.स. : २०८२ माघ २७, मंगलबार

आफ्नै नाबालिका भतिजिको हत्या गर्ने काका पक्राउ

Aarya News Desk 6360  पटक हेरिएको

देवानगञ्ज। आफ्नै नाबालिका भतिजिको हत्या गरेको आरोपमा काका पक्राउ परेका छन् । सुनसरीको इहटरी उप-महानगरपालिका-५ बस्ने ३० बर्षीय सालिग्राम लुईटेलले आफ्नै नाबालिका भतिजिको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।

शनिबार अपरान्ह इटहरी-५ स्थितमा डेरा गरी बस्दै आएका लुईटेलले दाजु नबराज लुईटेलको डेढ बर्षीया छोरी आईन्सु लुइटेललाई आफ्नै डेरा कोठा भित्र धारीलो ब्लेडले घाँटी र टाउकोमा चिरी हत्या गरेको प्रहरीले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लुईटेललाई घटना स्थलबाटै पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका लुईटेलको थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२४-०८-११ , समय : १९:१५:२४ , २ वर्ष अगाडि

error: Content is protected !!