बि.स. : २०८३ बैशाख ०४, शनिबार

घरमा काम गर्ने नै चोरी गरेर फरार

Aarya News Desk 5254  पटक हेरिएको

लमजुङ । घरायसी काम गर्न राखेका एक व्यक्तिले नै घरमा चोरी गरेर फरार भएका छन् ।

बेसीसहर नगरपालिका-११ तिनपिप्ले बस्ने ५५ वर्षीया पार्वती श्रेष्ठको घरबाट नगद ५ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको हो ।

पार्वतीकै घरमा घरायसी काम गरी बस्ने पाल्पा घर भएका ४० वर्षीय पुरुषले घरमा कोही नभएको अवस्थामा उक्त नगद चोरी गरी फरार भएका हुन् । चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चितिबाट खटिएको प्रहरीले उनको खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०८-०८ , समय : ०८:५८:११ , २ वर्ष अगाडि

error: Content is protected !!