बि.स. : २०८२ माघ २६, सोमबार

हेलिकोप्टर दुर्घटना हुँदा पाइलट सहित चार जनाको मृत्यु

आर्य न्युज 5820  पटक हेरिएको

देवानगञ्ज । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको हो। दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।

हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि प्राधिकरणले उद्धारका लागि प्रभु एयरको ९एन–एएनएल कल साइनको हेलिकोप्टर पठाए पनि एयर डाइनेस्टीकाे हाेलिकाेप्टरमा सवार पाँचैजनाकाे ज्यान गएकाे छ।

प्रकाशित मिति: २०२४-०८-०७ , समय : १९:२९:३२ , २ वर्ष अगाडि

error: Content is protected !!