बि.स. : २०८२ माघ २६, सोमबार

जातजातिको एकताबाट समृद्ध हुन्छ : मुख्यमन्त्री कार्की

मनोज दाहाल / रासस 10374  पटक हेरिएको

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट समृद्धि कायम गर्न सकिने बताउनु भएको छ।

विराट मैथली साहित्य परिषद् लगायत ११ संस्थाद्वारा शनिबार साँझ विराटनगरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा साहित्यकार प्राडा राजेन्द्र विमल तथा कथाकार रामनारायण सुधाकरलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गर्दै उहाँले विभित्र जातजातिका भाषा, संस्कृतिको एवं सम्पदाको संरक्षण एवं विकास गर्न सरकार प्रतिवद्ध रहेको विचार राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा भाषा आयोगले दिएको सिफारिश अनुसार दोस्रो भाषाको रुपमा मैथली र लिम्बू भाषालाई लागु गर्न कानुन बनाएर चालु आर्थिक वर्षमा प्रदेश अधिवेशनमा पेश गरी पास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले अथाहा सम्भावना बोकेको विराटनगर विभित्र कारणले विकासमा पछाडि परेकोले चर्चा गर्दै यस महानगरका साथै यहाँ बसोबास गर्ने विभित्र भाषाभाषीको समग्र विकासका लागि इमान्दार प्रयत्न गर्ने कुरामा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले भत्रुभयो, प्रदेशले विगतमा ल्याएको प्रज्ञा प्रतिष्ठान ऐनमा रहेको त्रुटीलाई संशोधन गरी संसदमा पेश गर्ने र यसैको माध्यमबाट सबै भाषा , संस्कृतिको संरक्षण हुनेछ र प्रतिष्ठानका लागि नीति, कानुन र बजेटको व्यवस्था हुनेछ ।’ सम्मानित प्राडा विमलले हामीसबैले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकता कायम गर्नुपर्ने सुझाव दिनु भयो ।

कार्यक्रमका संयोजक रामरिझन यादवले भाषा आयोगले दिएको सुझाव प्रदेशमा कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

प्रकाशित मिति: २०२४-०८-०४ , समय : २०:४३:३३ , २ वर्ष अगाडि

error: Content is protected !!