बि.स. : २०८३ बैशाख ०४, शनिबार

नेपालमा अवसर नपाउँदा युवाहरू विदेश पलायन: भीम पराजुली

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 13921  पटक हेरिएको

विराटनगर । विराटनगरका युवाहरूले भेरिएन्ट एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा ल्याएका छन् । अमेरिका, युरोप, क्यानडा लगायत अन्य मुलुकमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई थप ज्ञान एवम् सीप प्रदान गर्नको लागि युवाहरूले सो कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन्  ।

यहाँ युवाहरूद्वारा सञ्चालनमा ल्याएको उक्त कन्सल्टेन्सीको उद्‌घाटन विराटनगर महानगरपालिकाका पूर्व मेयर एवम् वर्तमान कोसी प्रदेशका माननीय भीम पराजुलीले गर्नुभयो ।

उक्त अवसरमा नैतिकता एवम् इमानदारिताको साथ अगाडि बढेमा आफूले सोचेको उद्देश्य पूरा हुन सक्छ पराजुलीले भन्नुभयो ।

राम्रो मुलुकमा गएका युवाहरू पछि स्वदेश फर्केका छैनन् । जो खाडी मुलुक गएका युवाहरू मात्र स्वदेश फर्कने गरेको हुँदा यहाँका युवालाई नेपालमै अवसर राज्यले दिनुपर्छ तर दिन सकेको छैन । यसले गर्दा यहाँका युवाहरू विदेश पलायन भएका छन् भन्नुभयो ।

काम गर्छु भनेर अगाडि बढेका युवालाई राज्यले सहयोग गर्नुपर्छ भन्नुहुँदै नेपालमै केही गर्छु भन्ने युवालाई राज्यले सहयोग गर्न नसक्दा युवाहरू निराश बनेका छन् पराजुलीको तर्क थियो ।

संस्थाका सदस्य एवम् कार्यक्रमको सभापतित्व गर्नुहुने ऋतिक कामतले विदेशमा गई राम्रो शिक्षा हासिल गर्न सकुन् भनेर यो संस्था सञ्चालनमा ल्याएको बताउनुभयो ।

नेपाली युवाहरूलाई विदेशमा थप उच्च शिक्षा हासिल गर्न जाँदा कुन विद्यालय जाने भनेर सल्लाह दिने र थप ज्ञान समेत दिई उनीहरूलाई उक्त मुलुकमा जाँदा पर्ने समस्याको समाधान गर्न सहयोगी भूमिका निर्वाह गरिने बताउनुभयो ।

प्रकाशित मिति: २०२४-०८-०१ , समय : २०:४७:२८ , २ वर्ष अगाडि

error: Content is protected !!