बि.स. : २०८२ माघ २६, सोमबार

सिक्लेस हाइड्रोपावरले आउँदो ६ साउने देखि आईपीओ बिक्री गर्ने

Aarya News Desk 3491  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं असार ३० गते । सिक्लेस हाइड्रोपावरले आउँदो ६ साउनेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दाहरुको लागि आईपीओ बिक्री गर्ने भएको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयबासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आईपीओलाई ‘कियर एनपी रेटिङ डबल बीप्लस’प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

यसमा छिटोमा २० साउनसम्म र ढिलोमा ४ भदौसम्म आईपीओ खुला रहनेछ । स्थानीयबासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: २०२२-०७-१४ , समय : १७:२६:३२ , ४ वर्ष अगाडि

error: Content is protected !!