बि.स. : २०८३ साउन १७, आइतबार

आजको मौसम यी प्रदेशमा वर्षा हुने

Aarya News Desk 8756  पटक हेरिएको

विराटनगर। देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०७:१३:३७ , २ वर्ष अगाडि

error: Content is protected !!