बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै

Aarya News Desk 1794  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर असार ३० गते। नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। बिहीबार एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको हो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३८४४ नमूनामध्ये २६० नमूनाको पोजिटिभ रिपोर्ट आएको हो। बुधबार २०६ जना संक्रमित थपिएका थिए।

मन्त्रालयका अनुसार २०२७ नमूनाको पीसीआर र १८१७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट २१४ र एन्टिजेनबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो।

आज थप ४८ जना कोरोनामुक्त भएका छन्।मन्त्रालयका अनुसार हाल ११ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेका छन्।
यस्तै, पछिल्लो २४ घन्टामा ७२ हजार ३२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हाल १४ जनाको आईसीयू र १ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २०२२-०७-१४ , समय : १७:०६:२४ , ३ वर्ष अगाडि

error: Content is protected !!