बि.स. : २०८३ बैशाख ०४, शनिबार

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण

Aarya News Desk 5238  पटक हेरिएको

विराटनगर । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरको मौद्रिक नीति अनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नेपालीले बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताको आधारमा बिना धितो ऋण पाउने भएका छन् ।

उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैङ्क खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ।

यो व्यवस्था जेठ १५ मा सार्वजनिक भएको बजेटमा गरिएको थियो। यसलाई कार्यान्वयन गर्न मौद्रिक नीतिले व्यवस्था गरेको हो।

प्रकाशित मिति: २०२४-०७-२७ , समय : ११:५६:०३ , २ वर्ष अगाडि

error: Content is protected !!