बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

चार वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चौधरीलाई जन्मकैद

Aarya News Desk 1284  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

वीरगन्ज जेष्ठ ३१ गते। पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ का देवशंकर चौधरीलाई पर्सा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ।चार वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले देवशंकर विरुद्ध जन्मकैदको फैसला गरेको हो।

मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) (ग) ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९(१) बमोजिमको कसुरमा त्यही संहिताको दफा २१९ (३)(क) बमोजिम जन्मकैदको सजायको फैसला गरिएको फैसलामा उल्लेख छ। फैसलामा पीडितको पारिवारको आर्थिक अवस्था समेतलाई विचार गरी प्रतिवादीबाट पीडितले दफा २२८ बमोजिम क्षतिपूर्तिबापत १ लाख रुपैयाँ क्षतिपूर्ति भरी पाउनेसमेत ठहर गरेको उल्लेख छ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका—२ का देवशंकर दास चौधरीले २०७७ साल मंसिर ११ गते चार वर्षिया नाबालिकालाई ललाइफकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडितका बुबाले किटानी जाहेरी दिएका थिए। पीडित नाबालिकाका बुबाले जाहेरी दिएपछि प्रहरीले गाउँबाटै देवशंकरलाई पक्राउ गरेको थियो। देवशंकरले प्रहरी समक्ष जबरजस्ती करणी गरेको स्विकारेपनि अदालतमा भने जाहेरी दरखास्त झुठो रहेको र आफूले जबरजस्ती करणी नगरेको बयान दिएका थिए।

तर अदालतले विवेचित आधार र प्रमाणहरुबाट प्रतिवादी देवशंकरले पीडित चार वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरी मुलुकी अपराध संहिता २०७४ ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले जन्मकैदको सजाय हुने फैसला गरेको हो।

प्रकाशित मिति: २०२२-०६-१४ , समय : २०:०५:०५ , ३ वर्ष अगाडि

error: Content is protected !!