बि.स. : २०८३ बैशाख ०५, आइतबार

बुढी खोलामा डुबेर चौधरी वेपत्ता। उद्दार टोली नआउँदा परेन फैला

राजीव कुशवाहा/ आर्य न्युज 4850  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको देवानगञ्ज र बर्जुको सिमाना रहेको बुढी खोलामा डुबेर बेपत्ता भएका प्रमोद चौधरी फैला परेको छैन। बर्जु गाउँपालिका वडा नम्बर ६ बस्ने ४१ वर्षीय चौधरी बुधबार करिब ११.३० बजे तिनमुहा पुल नजिकै बुढी खोलामा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएको हो ।

वेपत्ता भएका चौधरीको खोजी स्थानीय प्रहरी र स्थानीयवासीले बुधबार देखि नै गरिरहेको छ। तर अहिलेसम्म फेला परेको छैन बर्जु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अशोक कुमार चौधरीले बताउनुभयो। अध्यक्ष चौधरीका अनुसार ‘छिमेकमा मरिमराउ भएको थियो’, ‘दाहसंस्कार गरेको चार दिनमा पुनः त्यही ठाउँमा गएर संस्कार अनुसारको काम गर्नुपर्ने भएकाले छिमेकीहरूसँगै उनी पनि गएका थिए।

बुढी खोलामा आएको बाढीले उनीलाई गएको हो। उनी पौडी खेल्न जबरजस्ती पस्दा खोलामा पसैको थियो ।’ उनी पौडी खेल्न जान्नै भए पनि अत्यधिक रक्सी पिएकाले पौडन नसकेर डुबेको अध्यक्ष चौधरीले बताउनुभयो। आफुलाई जानकारी हुने वितिकै प्रहरी र उद्दार टोलीलाई सम्पर्क गरे तर उद्दार टोली नआउँदा अहिलेसम्म खोज्न असफल भएको उहाँले बताउनुभयो।

स्थानीय प्रहरी र स्थानीयवासी खोजी रहेको छ।

प्रकाशित मिति: २०२४-०६-२० , समय : १७:१०:५८ , २ वर्ष अगाडि

error: Content is protected !!