बि.स. : २०८३ बैशाख ०५, आइतबार

योगले नागरिकलाई स्वस्थ्य एवं अनुशासित बनाउने : प्रदेश प्रमुख खापुङ्ग

मनोज दाहाल / रासस 3317  पटक हेरिएको

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले समाजका सबै नागरिकले स्वस्थ्य एवं अनुशासित हुन योगको अभ्यास दैनिक गर्नुपर्ने बताउनु भयो ।

इशा फाउण्डेशन आनन्दकुटी आश्रमद्वारा बाट प्रशिक्षित कमलगाउँपालिका–२ झापाका गुरुहरुद्वारा आज प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक दिने हट योगा कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

प्रदेश प्रमुख खापुङ्गले दक्ष गुरुद्वारा गरिने योगको दैनिक अभ्यासले हामीलाई रोग लाग्न नदिनुका साथै यसले स्वस्थ्य शरीर निर्माण हुनगै हाम्रा दैनिक कार्यहरु सहज रुपमा सम्पन्न गर्न सहयोग पुग्ने धारणा राख्नु भयो । उहाँले यस प्रकारको योग अभ्यास शिशिर मुलुकमा दुर्गम र पहाडी क्षेत्रमा समेत गर्नुपर्ने जोड दिदै यसले समाजमा भाईचारा र सामाजिक सद्भाव कायम मद्दत पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।

प्रदेश प्रमुख खापुङ्ग, प्रदेश प्रमुख कार्यालयका सचिव खगेन्द्र पराजुली, कार्यालयका कर्मचारीहरु एवं सर्वसाधारण सहभागी योग अभ्यास कार्यक्रममा मुख्य प्रशिक्षक चन्दा घिमिरे लगायतका गुरुहरुले अभ्यास गराउनु भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-१९ , समय : २०:०३:१६ , २ वर्ष अगाडि

error: Content is protected !!