बि.स. : २०८३ बैशाख ०५, आइतबार

श्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन

आर्य न्युज /Aarya News 3344  पटक हेरिएको

काठमाण्डौँ । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ ।

दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । बुधबार पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महारजगंजमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरुको तदर्थ कमिटी गठन गरेको हो ।

दानीको नेतृत्वमा गठन भएको कमिटीमा शिवम मिश्र, प्रिंयका कामत, संजिव कुमार झा, शान्ति घतराज (बराइली), चत्र प्रसाद पोखरेल, प्रत्युष लगुन, नरेन्द्र बिष्ट, दिपक बिसी, अतित पोखरेल, सुशान्त घिमिरे, पंकज मिश्र, अनुसा सिजापति, आनन्द शर्मा, चंदन प्रसाद पटेल, आरती ठाकुर, सन्दिप शर्मा, मदन शाही, ऋषी वाग्ले, शम्भुप्रसाद थारु, जीवन डंगोल, नरेश चौधरी, सुसन रामदाम, आदित्य अजय, निरज झा, जुगेश दास, मोहन बराइली, किशोरी प्रजापति, आदर्श कटवाल रहेका छन् ।

कमिटीले तत्काल अर्काे वैठकमा प्रथम महाधिवेशन तथा विद्यान अधिवेशनको मिति तोक्ने र संगठनको बिस्तार गर्ने संयोजक दानीले बताए । ‘हामीले अहिले भर्खरै कमिटीको बिउ मात्रै छरेका छौँ, रोपेका मात्रै हौँ ।

यसलाई मलजल गरेर थुप्रै कामहरु ग्र्नुपर्नेछ । पत्रकारितामा नयाँ पुस्ता, नयाँ जोश र जाँगर भएका सम्पूर्ण साथिहरुलाई साथमा समेटेर अग्रजहरुको सल्लाह र सुझाव अनुसार पत्रकारिताको माध्ययमबाट पेशागत मुल्य, मान्यता, आचारसंहिता र मर्यादामा रहँदै पार्टीका निम्ती काम गर्नेछौँ’, दानीले भने ।

पत्रकारहरुको हकहितका निम्ती काम गर्ने भनेर खोलिएका थुप्रै संगठनहरु भएतापनि श्रमजीवि र कलमजीविहरुका पक्षमा काम नगर्दा बास्तविक पत्रकारहरुले समस्या झेल्दै आउनु परेको दानीको तर्क छ ।

उनले भने, ‘नेपाली पत्रकारिताको इतिहासदेखि वर्तमान र भविष्य नियाल्दा पत्रकारहरुका पक्षमा काम गर्ने, आवाज उठाउने भनेर खोलिएका संस्थाहरुले बास्तविक पत्रकार, श्रमजीविहरुका पक्षमा काम गरेका छैनन् । तर, पत्रकारका पेशागत थुप्रै चुनौतीहरु छन् ।

त्यसका लागि एउटा योजना बनाएर अब हामीले नागरिक पत्रकार समाज देशभरका पत्रकारहरुको साझा संस्था÷आफ्नो संस्था हो भन्ने भावना जागृत हुने गरि काम गर्नेछौँ ।’

देशैभरबाट पत्रकारहरुलाई यस संगठनमा आवद्धता हुनका लागि संयोजक दानीले आव्हान पनि गरेका छन् ।

पार्टी अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष शिव कुमार बास्तोला, राजेश अधिकारी, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी, पार्टी केन्द्रिय सदस्य जीवछ यादव, केन्द्रिय सदस्य तिर्थ बोहोरा, बागमति प्रदेक कमिटी संयोजक डिवि तामाङ, लगायत पार्टीका प्रदेश कमिटीका नेताहरुको पनि उपस्थिती रहेको थियो ।

पार्टी अध्यक्ष चौधरीले सबैलाई बधाई तथा शुभकामना प्रदान गर्दै पेशागत धर्म निभाउँदै पार्टीको निती, बिधान र सिद्धान्त अनुसार काम गर्न निर्देशन दिएकी थिईन् ।

‘पत्रकारिता पेशा राष्ट्रको चौथो अंग पनि भएकाले देशको बिकास र सम्बृद्धिका लागि तपाईँहरुको बिशेष भूमिका हुन्छ । आज देशको पहिचानको रक्षा गर्दै, पहिचानका आधारमा संघियता कार्वान्वयन गर्दै, शुसासन र भ्रष्ट्रचाररहित बिकसित देशको परिकल्पना गरेर नेपालको बैकल्पिक शक्तिशाली राजनीतिक शक्ति बन्ने तरिकाले हाम्रो पार्टी लागिरहेको छ ।

यस अभियानमा पत्रकार साथिहरुको विशेष भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

प्रकाशित मिति: २०२४-०६-१९ , समय : १९:२९:०१ , २ वर्ष अगाडि

error: Content is protected !!