बि.स. : २०८३ बैशाख ०५, आइतबार

ग्रामथान गाउँपालिका शोकमा : अध्यक्ष गच्छदारको निधन

आर्य न्युज /Aarya News 3970  पटक हेरिएको

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएको छ । ५६ वर्षीय थारूको सोमबार दिउँसो १ बजे अध्यक्ष गच्छदारको निधन भएको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका

अध्यक्ष गच्छदार उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो । उपचारमा संलग्न चिकित्सकले थारूलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारूले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन् ।

प्रकाशित मिति: २०२४-०६-१७ , समय : २०:३४:१२ , २ वर्ष अगाडि

error: Content is protected !!