बि.स. : २०८३ बैशाख ०५, आइतबार

चट्याङ लागेर एक जनाको मृत्यु

Aarya News / आर्य न्युज 3200  पटक हेरिएको

देवानगञ्ज । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर -३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।

घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर पन्तलाई चट्याङ लागेको थियो। उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: २०२४-०६-१७ , समय : १३:२०:३१ , २ वर्ष अगाडि

error: Content is protected !!