बि.स. : २०८२ चैत्र १९, शुक्रबार

बालिकालाई जवरजस्ती करणी गरको आरोपमा अध्यक्ष र सचिव पक्राउ

आर्य न्युज 2722  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

मंगलबारे जेष्ठ २८ गते। जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ। अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत हुन‍्।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन्। उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ। राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ। चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ। रासस

प्रकाशित मिति: २०२२-०६-११ , समय : १४:४३:२२ , ४ वर्ष अगाडि

error: Content is protected !!