बि.स. : २०८३ आषाढ ०६, शनिबार

मकालु एभरेष्ट अस्पताल छोटो समयमा विरामीको विश्वास बन्दै

कोशी प्रदेश सम्वाददाता 11030  पटक हेरिएको

विराटनगर। मकालु एभरेष्ट अस्पताल विराटनगरले गुणस्तरीय एवं विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्य सेवा प्रति कटिबद्ध रहदै विरामीलाई गुणस्तरीय एवं विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो।

कोशी प्रदेशको मुटु विराटनगरमा धेरै निजि अस्पतालहरुको विचमा रहेको यो अस्पतालले विभिन्न रोगको विशेषज्ञ सेवा प्रदान गर्ने गरेको अस्पतालका प्रशासन तर्फका सि.ई.ओ. सतोष कुमार मेहताले बताउनुभयो। मेहताका अनुसार अस्पतालले फिजिसियन सेवा ,प्रस्तुति तथा स्त्री रोग सेवा ,जनरल सर्जरी ,बालरोग सेवा ,छाला तथा यौन रोग सेवा लगायतका विरामीलाई चाहिने अन्य सेवाहरु समेत प्रदान गर्दै आएको छ।

बैशाख महिनामा मात्र फिजिसियन तर्फ २ सय २७ जनाले र अन्य तर्फ १ सय ५० जना विरामीलाई ओ. पी. डी. सेवा प्रदान गरेको छ। सोहि महिनामा ६५ जना विभिन्न रोग लागेका विरामीको सफल अप्रेशन समेत अस्पतालले गरेको बताइन्छ। अस्पतालमा डा. दिनेश न्यौपाने ,डा. यज्ञराज खरेल, डा. सुनिल रेग्मी, डा. सिपि यादव लगायतका चिकत्सक सेवा प्रदान गर्दै आउनुभएको छ।

अस्पतालको सेवाले छोटो समयमा बिरामीहरुको विश्वास बन्दै बढ्दै गएको देखिन्छ।

प्रकाशित मिति: २०२४-०५-१८ , समय : २२:१०:४७ , २ वर्ष अगाडि

error: Content is protected !!