बि.स. : २०८३ बैशाख ०५, आइतबार

भोक्राहा नरसिंहले ३० वर्ष पछि पाए SEE परिक्षा केन्द्र

सुरेन्द्र कुशवाहा 2460  पटक हेरिएको

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाले SEE परिक्षा केन्द्र प्राप्त गरेको छ।  करिब ३० बर्ष पछि भोक्रहा नरसिंह गाउँपालिकाले SEE परिक्षा केन्द्र प्राप्त गरेको हो। यस पालि चैत्र १५ गते देखि SEE परिक्षा हुन गईरहेको छ ।

जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले SEE परिक्षाको केन्द्र पृथ्वीनारायण माध्यमिक विद्यालय चिरोलीलाई तोकिएका हुन।

पृथ्वीनारायण माध्यमिक विद्यालय लाई केन्द्र तोकिएको विद्यालयमा ४ वटा विद्यालयहरु समावेश गरेका छन।
श्री शारदा माध्यमिक विद्यालय भोक्राहा नरसिंह १ ,
श्री जनता माध्यमिक विद्यालय शिवगन्ज भोक्राहा नरसिंह ३ ,श्री जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह ७ र श्री जामिया इस्लामीया भोक्राहा नरसिंह ४ लाई समावेश गरेका हुन।

उक्त समावेश परिक्षामा ९६ जना छात्र र १०६ जना छात्रा गरि जम्मा २ सय २ जना विद्यार्थिहरुको सहभागी रहने केन्द्र अध्यक्ष शंकार मेहताले जानकारी दिनु भयो।

प्रकाशित मिति: २०२४-०३-२६ , समय : २०:५६:४७ , २ वर्ष अगाडि

error: Content is protected !!