बि.स. : २०८२ माघ २७, मंगलबार

दुई समूहबीच झडप हुँदा २ जनाको मृत्यु

Aarya News 2676  पटक हेरिएको

देवानगञ्ज । ललितपुरमा दुई समूहबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार राती ललितपुरको धोलाहिटीमा झडप हुँदा २ युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेसराज सुवेदीले जानकारी दिए।

झडपमा परी मृत्यु हुनेमा सुनसरी घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका सुवेदीले जानकारी दिए। मृतक पुजनको शव सुमेरु अस्पताल र रोबसको शव पाटनमा राखिएको उनले बताए।

छुरा प्रहारबाट एकजनाको छातीको छेउमा र अर्कोको तिघ्रामा गहिरो चोट लागेको एसपी सुवेदीले बताए।

झडपमा संलग्न भएको आरोपमा अन्य १८ जनालाई नियन्त्रणमा लिएको उनले बताए। उनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

अस्पतालमा साथीले उपचारका लागि राती ११ बजे लगेपछि मात्र प्रहरीले जानकारी पाएको र सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए।

प्रकाशित मिति: २०२४-०३-२५ , समय : ०९:५७:२७ , २ वर्ष अगाडि

error: Content is protected !!