बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

आर्य न्युज /Aarya News 1712  पटक हेरिएको

विराटनगर। झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ दरैयाबाट बिराटनगर-१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ को एक घरबाट सन्दकपुर गाउँपालिका-४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ बर्षीया बबिता गुरुङ, ईलाम नगरपालिका-२ की २० बर्षीया पुर्णिमा गुरुङ र स्थानीय २१ बर्षीय मनिष लिम्बुलाई १२ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ९ हजार ८ सय पचास नगद सहित पक्राउ गरेको हो ।

यस्तै झापाकै बिर्तामोड नगरपालिका-३ बाट कमल गाउँपालिका-३ का २० बर्षीय मौषम किस्कु ७२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२४-०३-०५ , समय : १३:३२:१४ , १ वर्ष अगाडि

error: Content is protected !!