बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

निजि स्वास्थ्य संस्थाको कारण महानगरले स्वास्थ्य तथ्यांक सार्वजनिक गर्न सकेन

कोशी प्रदेश सम्वाददाता 6449  पटक हेरिएको

विराटनगर। सरकारी अस्पताल निजि अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाहरुले आफुले गरेको कामको विवरण सरोकारवाला निकायलाई बुझाउने तर्फ आनाकानी गरि रहेकाछन।

विराटनगर महानगर पालिका भित्र संचालित निजि अस्पताल निजि क्लिनिक पोली क्लिनिकहरुलेर एक महिनामा कति विरामीलाई सेवा दिएका छन् सो बारे विराटनगर महानगर पालिकाले स्पष्ट रुपमा बताउन सकेका छैन।

निजि असपाताल मध्ये गोल्डेन अस्पतालले महानगर पालिकालाई बुझाउनु पर्ने मासिक प्रतिवेदन बुझाएको छैन भन्ने कुरा महागर पालिका स्वास्थ्य महा शाखाका तथ्यक अधिकृत दिपक भटराईले बताउनुभयो। निजि क्लिनिक एवं पोली क्लिनिकहरुले आफुलाई महानगर पालिकाको स्वास्थ्य महा शाखामा समावेश गरेका छैन । यसले गर्दा महानगर पालिकाबाट स्वास्थ्य क्षेत्रको तथ्यांक सार्वजनिक गर्न नसकेका उहाँले बताउनुभयो ।

यस तर्फ महानगर पालिकाले ध्यान दिई कदम चलाउनु पर्ने भएको छ। निजि अस्पताल संचालन गर्दा अनुमति लिनु अगाडी आफुले प्राप्त गरेको वेड संख्या मध्ये १० प्रतिसत वेड संख्याको बिरामीलाई निशुल्क उपचार गर्ने सहमति गरेका हुन्छन। जस्तै १ सय वेड संख्याको अस्पतालले १० प्रतिसत १० वेड संख्या बिरामीलाई निशुल्क उपचार गर्नु पर्ने हो। तर उक्त सहमतिको कार्यव्यन गर्न सकेको छैन।

महानगर पालिकामा जुन निजि अस्पतालले तथ्यांक पठाउ छन् त्यस अस्पतालमा उपचारको लागि भर्ना भएका बिरामी मध्ये यतिलाई केहि रकम छुट गरेका छौं भनेर बिरामी संख्या र रकम उल्लेख गर्ने गरेका छन् तर १० प्रतिसत को प्रावधानलाई कार्यव्यन गर्न सकेका छैन्।

विराटनगरमा संचालित केहि निजि क्लिनिक एवं अस्पताल हरुले विराटनगर महानगर पालिकामा सुचिकृत नगराईकन अस्पताल संचालन गर्दै आएका छन्। केहि निजि अस्पतालहरुले आफुले अनुमति प्राप्त गरेको वेड संख्याको भन्दा बढी वेड राखेर सेवा दिइरहेका छन्।

यसरि केहि स्वास्थ्य क्षेत्रमा दैनिक लुट भई रहदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन।

प्रकाशित मिति: २०२४-०२-२५ , समय : १९:४५:३४ , १ वर्ष अगाडि

error: Content is protected !!