बि.स. : २०८२ माघ २६, सोमबार

मधेसको विकासमा आफू निरन्तर लागिपर्ने : प्रधानमन्त्री दाहाल

आर्य न्युज /Aarya News 5638  पटक हेरिएको

विराटनगर। मधेसको विकासमा आफू निरन्तर लागिपर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्। उनले मधेसको विकास नभइकन देशको विकास नहुने बताए।

सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने प्रधानमन्त्रीले बताए। नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो।

प्रधानमन्त्रीले तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै आफूले यसपटक संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए।

उनले भने ‘अब संघीयता सबलरुपमा कार्यान्वयन हुन्छ। केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति: २०२४-०२-२४ , समय : १५:३५:४२ , २ वर्ष अगाडि

error: Content is protected !!