बि.स. : २०८२ माघ २६, सोमबार

अवतरणका क्रममा विमान दुर्घटना

आर्य न्युज /Aarya News 5308  पटक हेरिएको

एजेन्सी। जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ। राजधानी टोक्योको हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगो लागेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धावनमार्गमा पार्किङ गरी राखेको अर्को विमानसँग ठोक्किएपछि आगलागी भएको हो। जापान एयरलाइन्सका अनुसार विमानबाट ३७९ यात्रुको सकुशल उद्दार गरिएको छ।

जापान एयरलाइन्सका प्रवक्ताका अनुसार विमान होकाइडोको सिन चितोस एयरपोर्टबाट आएको थियो।

प्रकाशित मिति: २०२४-०१-०२ , समय : १९:२१:०७ , २ वर्ष अगाडि

error: Content is protected !!