बि.स. : २०८२ माघ २६, सोमबार

कर्मचारी माथि राजनीतिक दवाव : लोक सेवा पास गरेका कर्मचारी टेबुल पुच्छ्ने

म वडामा जान्न मलाई टेबुल पुच्छ्ने काम दिए पनि म गर्छु

कोशी प्रदेश सम्वाददाता 2561  पटक हेरिएको

सङ्केतिक तस्विर

विराटनगर। कटहरी गाउँपालिका भित्र कर्मचारी सरुवा गर्दा राजनीतिक आस्था एवं आफुले भनेको नमान्ने कर्मचारीलाई सरुवा गर्ने प्रवृति हावी हुदै गएको छ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी ले नियम विपरित वडाबाट रकम भक्तानी दिन दिएको दवावलाई अस्विकार गरेको कारण एक महिला कर्मचारीलाई अपमान हुने गरि वहाँको योग्यता भन्दा फरक स्थानमा सरुवा गर्ने काम भएको थियो। निज महिला कर्मचारीलाई पुन: कटहरी गाउँपालिकाको वडामा पुन : सरुवा गर्ने खोज्दा म वडामा जान्न मलाई टेबुल पुच्छ्ने काम दिए पनि म गर्छु भनेर अध्यक्ष चौधरी एवं कार्यकारणी अधिकृत लाई जवाफ दिए पछि निजहरु नाजवाफ बनेका थिए। निज महिला कर्मचारी लोक सेवा पास गरेर आएको र आफुलाई अपमान हुने गरि बारम्बार वडाबाट सरुवा गरेको कारण आफु वडामानजाने अडान राखेको कुराले अहिले चर्चा पाएको छ।

नियम विपरित रकम भुक्तानी गर्न अध्यक्ष देवराज चौधरीले दिएको दवाबलाई वेवास्ता गर्दै वडाबाट भुक्तानी हुन सक्दैन भन्दै वहाँको खातामा हाली दिएको १५ हजार रकम अरुलाई दिनु पर्नेमा पुन :गाउँ पालिका फिर्ता गरे पछि निज महिला कर्मचारीलाई भेदभाव गर्ने काम भइरहेको छ। यो घटना सेलाउन नपाउदै कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी पार्टीको निर्वाचनमा उमेद्वार हुँदा चौधरीलाई असहयोग गरेको कारण एक कर्मचारी फेरी सिकार बनेका छन्।

कटहरी गाउँपालिका राजश्व शाखा प्रमुख कारुपमा काम गर्दै आएका भटराई थरका एक कर्मचारीलाई गाउँपालिका अध्यक्ष चौधरीको निर्देशनमा कटहरी गाउँपालिका वडा नम्बर ३ मा सरुवा गरिएको छ। सरुवा गरिएको भए पनि निजको काम हेर्दा घटुवा भएको कुरा कर्मचारी बीच चर्चा चल्न थालेको छ। निज कर्मचारी भटराईको बुवाले चौधरीलाई पार्टीको निर्वाचनमा असहयोग गरे बापत भटराईलाई उक्त सजाय दिएको हो। कर्मचारी सरुवा प्रकरणको विषयमा कटहरी गाउँपालिकाका कार्यकारणी अधिकृत संग जिज्ञासा राख्दा भटराई सहित ५ जना सरुवा गरेको कुरा स्वीकार गर्नु भएको छ।

भटराईको प्रसङ्गमा राजनीतिक आन्तरिक कुरा के हो आफुलाई थाहा छैन राजश्व शाखामा धेरै वर्ष सम्म भटराई बस्नु भएको हो। छैठो तहका कर्मचारी धेरै तहगत रुपमा कर्मचारी नपाएका हुदा जिम्मेवारीमा हेरफेर गरेको हो भन्नु भयो। कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीको दवावलाई थेग्न नसक्दा वहाँको निर्देशनमा सरुवा गरिएको हुनु पर्ने तर्क गाउँपालिकाका केहि कर्मचारीको रहेको छ।

यस तर्फ कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीको भनाइ फरक रहेको छ। राजेश भटराईले राजश्व संकलन गर्दा राजश्व छलेको फेला पारेपछि कारवाही स्वरुप सरुवा गरेको बताउनु भयो।

प्रकाशित मिति: २०२३-११-०७ , समय : १९:३०:४९ , २ वर्ष अगाडि

error: Content is protected !!