बि.स. : २०८२ माघ २७, मंगलबार

कटहरी गाँउपालिकाले उपचारको लागी दिदै आएको रकम मदिरा पिउन प्रयोग भएको पाईएपछि कसैलाई पनि नदिने निर्णय

राजीव कुशवाहा 2368  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

कटहरी जेष्ठ २७ गते |कटहरी गाँउपालिकाले उपचारको लागी दिदै आएको रकम अब  कसैलाई पनि नदिने भएको छ । उपचारको लागी भन्दै लिएको रकम मदिरा पिउन प्रयोग भएको पाईएपछि त्यस्तो शिर्षकमा रहेको रकम कसैलाई पनि रकम नदिने भएको हो ।

कटहरी गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष देवराज चौधरीले सार्वजनिक सूचनानै जारी गरी उक्त शिर्षकमा रकम वितरण गर्न रोक लगाएका हुन् । सरकारको लगानी गाँउमा भएका मदिरासेवनकर्ता बराम्बार उपचार खर्चको माग गर्दै गाँउपालिका धाउन थालेपछि उक्त विकृतीलाई रोक्न यस्तो कदम उठाउनु परेको अध्यक्ष चौधरीको भनाई छ । गाँउपालिकाबाट प्राप्त रकम दुरवेशनीहरुले मदिरा पिउन खर्च गर्ने र त्यसले उनीहरुकै घर तथा समाजमा झगडा तथा अपराध सिर्जना गराउने अध्यक्ष चौधरीको बुझाई रहेको छ ।

सो निर्णय एक ढंगबाट सहि देखिपनि यसले वास्तविक पिडित तथा विरामीहरुलाई बेफाईदा पु¥याउने केहिको बुझाई छ । सहयोग शिर्षकमा रकम दिन बन्द गरिएपछि रहत माग्न आएकाहरु तत्काल खाली हात फर्किनु परेको पिडितहरूले गुनासो गरे ।

वास्तवीक पिडित तथा असहायको हकमा सचेत रहेको बताउँदै अध्यक्ष चौधरीले उनीहरुको दिर्घकालिन व्यवस्थापनको लागी वृहत योजना ल्याउने गाँउपालिकाले तयारी गरीरहेको जानकारी गराए । एक दुई पटक दिएको दुई चार हजार पैशाले कुनै पनि समस्याको हल नहुने तर्क गर्दै वस्तविक असाहयको लागी आफुले केही योजना ल्याउन लागेको अध्यक्ष चौधरीले सुनाए ।

गरिब तथा विपन्न परिवारलाई गाँउपालिकाकाले स्वास्थ्य बिमा गर्न सहयोग गर्ने र गाँपालिकालाई पुर्ण बिमित गर्ने अक्ष्यक्ष चौधरीको योजना छ । गाँउपालिकालाई नै पुर्ण विमित गरेपश्च्यात बिरामीको बहाना गर्ने नक्कली पिडितहरु ठगीधन्धा बन्द हुने अध्यक्ष चौधरीको बुझाई छ ।

अब अग्नी बाढी लगाएतका अन्य पिडितको हकमा शुक्ष्म निरक्षण गरेर मात्र गाँउपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने छ । कटहरी गाँउपालिका आर्थिकभन्दा पनि भौतिक र व्यवहारीक सहयोग गर्ने तर्फ बढी अग्रसर रहेको भन्ने सन्देश जाओस् भन्ने अध्यक्ष चौधरीको चाहना छ । पैशा दिएर भन्दा पनि घर नभएकालाई बास, खान नपाएकालाई गाँस र बेरोजगारलाई रोजगारी दिएर कटहरीबासीको जीवन–स्तर उच्च बनाउने अध्यक्ष चौधरीको योजना छ ।

प्रकाशित मिति: २०२२-०६-१० , समय : ११:११:१३ , ४ वर्ष अगाडि

error: Content is protected !!