बि.स. : २०८३ बैशाख ०९, बिहिबार

सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ

आर्य न्युज /Aarya News 3010  पटक हेरिएको

विराटनगर। झापाको भद्रपुर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको छ । हिजो बिहानबाट भद्रपुर नगरपालिका-५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा २ वटा तालिम प्राप्त कुकुर सहितको चेकिङ टोलीले सिमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा संकित मानिसहरुलाई चेकजाँच गर्दै आईरहेको छ ।

कोशी प्रदेश अन्तरगत रहेका मुख्य सिमा नाका सहित अन्य सिमा नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि कुकुर सहितको प्रहरी चेकिङ टोलीले निरन्तरुपमा कडाईका साथ चेकजाँच गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-१०-३० , समय : २०:२३:०० , २ वर्ष अगाडि

error: Content is protected !!