बि.स. : २०८२ माघ २७, मंगलबार

व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिए

Aarya News 4249  पटक हेरिएको

देवानगञ्ज । भैरहवामा एक मेडिकल कलेजका विद्यार्थीहरूले प्रिन्सिपललाई कार्यकक्ष भित्रै कैद गरेका छन्। व्यक्तिगत रिसिबिसीका कारण UCMS भैरवाहाका प्रिन्सिपल डा. लक्ष्मी पाठकलाई कर्यकक्ष भित्रै कैद गरेका हुन्।

लगातार तिन दिन देखि प्रिन्सिपललाई मेडिकल कलेज भित्रै कैद गरी विभिन्न मांग राखी आन्दोलनमा छन्। UCMS मिति २०८० असोज २४ गते बुधवार सुचना जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुलाई वार्तामा आउन अह्वान गरेपनि बिधार्थीहरुले प्रिन्सिपललाई कैद मुक्त नगरी आन्दोलनलाई जारी राखेको छ।

यता बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिएको आन्दोलन गरिरहेकै एक बिद्यार्थीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् । उनका अनुसार ३ बर्ष अगाडि अनुसाशनलाई पहिलो प्राथमिक्तामा राखी कार्य गर्ने डा. लक्ष्मी पाठक प्रिन्सिपल भए देखि कलेजका बिद्यार्थीहरु माथी बिभिन्न कुराहरुमा प्रतिबंध लगाई प्रसासनलाई चुस्त दुरुस्त गरी निगरानी बढाउदै कडाई गरेकोले अहिले आएर ड्रेस कोडको बहानामा म्याडमलाई थुनिएको बताए ।


परिक्षामा कडाई, बुल्लुथुथ डिभाईसमा प्रतिबन्ध, नियमित र समयमा उपस्थित गराउने प्रयास गरि रहदा केही बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसी राखेर अहिले ड्रेस कोडको बहानामा सानो बिषयलाई भिडको सहरा लिएर ठुलो आन्दोलनको रुप दिई म्याडमको राजिनामा माग गरिरहेको बिद्यार्थीहरु कै मुखबाट सुनिन्छ ।

कलेज प्रसासनले बार्तामा बस्न आउन भन्दा पनि न बस्ने कुराले समेत प्रस्ट हुन्छ । जायज माग राखी सम्बोधन गराउनु राम्रो हो तर भिडको आड्मा यसरी व्यक्तिगत रिसिबिसी निकालिनु जायज देखिदैन ।Namo

प्रकाशित मिति: २०२३-१०-१२ , समय : ०८:१८:५८ , २ वर्ष अगाडि

error: Content is protected !!