बि.स. : २०८३ बैशाख ०९, बिहिबार

मोरङमा दुई व्यवसायी गरे आत्महत्या

Aarya News 14895  पटक हेरिएको

देवानगञ्ज । मोरङ जिल्लाका दुई व्यवसायीले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरका दुई व्यवसायी गोविन्द तिम्सिना र बलराम ज्ञवालीले आत्महत्या गरेका हुन्।

विराटनगर–१का केमिकल्स व्यवसायी गोविन्द तिम्सिनाले मंगलबार आत्महत्या गरेको जिप्रका मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले बताए। ‘घरपछाडि गोदाम थियो, त्यही गोदाममा पासो लगाएको अवस्थामा उनको शव फेला परेको हो’, दाहालले भने।

तिम्सिना नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत थिए। उनले सोमबारमात्रै कांग्रेस विराटनगर–३ बुथ सभापतिको निर्वाचनमा मतदान पनि गरेका थिए।

ज्ञवाली पनि विराटनगरको रंगेलीरोडमा आष्मा फार्मेसी चलाउँदै आएका थिए। सुन्दर हरैँचाका बासिन्दा ज्ञवालीले पनि केही दिनअघि आत्महत्या गरेका थिए।

मोरङ प्रहरीले दुवै घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको जनाएका छन्। ‘आर्थिक पाटोबाट अनुसन्धान गर्दा दुवैको व्यवसाय राम्रै चलिरहेको पाइएको छ’, प्रहरी स्रोतले भन्यो, ‘यद्यपि, आत्महत्या गर्नुको ठोस कारण खुल्न सकेको छैन।’

प्रकाशित मिति: २०२३-१०-११ , समय : १८:२१:१७ , ३ वर्ष अगाडि

error: Content is protected !!