बि.स. : २०८३ बैशाख ०९, बिहिबार

मेघा पोल्टी फर्मले उपभोक्ता देखि पसलवालालाई समेत ठक्दै

कोशी प्रदेश सम्वाददाता 3519  पटक हेरिएको

विराटनगर। मोरङमा रहेको केहि पोल्टी फर्महरुले पसल मार्फत उपभोक्तालाई र स्वयम् पसलवालालाई ठगी गर्दै आएका छन्।

यहाँ संचालित मेघा पोल्टी फर्म झोराहाटले आफुले दिने अण्डामा समेत पसलवालालाई ठक्दै आएको छ। यो पोल्टी फर्मले सानो र ठुलो दुई प्रकारको अण्डालाई  कार्टुनमा हाले पछि कार्टुन सहित कम तोल भए पनि कार्टुनमा बढी तोलको संकेत दिदै एक कार्टुनमा कम्तिमा १५० रुपैयाँ ठक्दै आएको छ। उसले १२ केजी भएको कार्टुनलाई १३ केजी भन्दा बढी देखाउने गरेको छ।

उक्त मेघा पोल्टी फर्मको अण्डा लिई गाडीमा हालेर घुमाउदै बेच्ने क्रममा विराटनगर ३ काएक पसलले अण्डा लिए पछि शंका लागि तोल्दा १२ केजी २०० ग्राम मात्र फेला परेपछि यो कुरा बाहिर आएको छ उक्त फर्मको अण्डा लिई बेच्ने व्यक्तिले सम्बंधित फर्म संचालक लाई जानकारी गराउदा यो हुन् सक्दैन भनेर सफेद झुट बोलेका छन्।

निज संग रहेको ५/६ कार्टुन अण्डा तोल्दा सबैमा १२ केजी २०० ग्राम रहेको थियो। तर कार्टुन १३ केजी भन्दा बढी संकेत गरेको भए पनि तोलमा निकै नै कमि रहेको पिएको छ। मेघा पोल्टी फर्म ले ठुलो र सानो अण्डा को फरक फरक मूल्य राख्दै आए पनि सानो अण्डा लाई ठुलो परेर दिउसैलाई रात पर्ने काम भएको छ।

प्रकाशित मिति: २०२३-१०-११ , समय : ०९:३५:४६ , ३ वर्ष अगाडि

error: Content is protected !!