बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मुर्ति विसर्जनको क्रममा युवा माथि छुरा प्रहार गरेको आरोपमा दुई जना पक्राउ

Aarya News 3630  पटक हेरिएको

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाहीमा विहिबार साँझ भएको दुई समुदायबीचको झडपको क्रममा युवकमाथि छुरा प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सर्लाही प्रहरीले शुक्रबार छुरा प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको पुष्टि गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र पँजीयार थारुले मूर्ति विसर्जनको घटनामा छुरा प्रहार गरेको आरोपमा दुई जना पक्राउ गरेको बताए ।

न्यूज ब्यूरोसँगको कुराकानीमा डिएसपी पँजीयारले दुई जना पक्राउ परेको पुष्टि गर्दै विस्तृत दिन नमिल्ने बताए । उनले कार्य व्यवस्तताको कारण बाहिरै रहेकोले सबै विस्तृत दिन नसक्ने प्रतिक्रिया दिए ।

यद्यपी, सो घटनामा छुरा प्रहार गरेको भन्दै मोहम्मद अमजद मिकरानी नामक पुरुषलाई पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको ठाडो आदेशमा मिकरानीलाई शुक्रबार दिउँसो पक्राउ गरिएको बताईएको छ । अन्य एक जनाको नाम भने खुलाईएको छैनन् ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

प्रकाशित मिति: २०२३-०९-२२ , समय : २१:४७:१७ , २ वर्ष अगाडि

error: Content is protected !!