बि.स. : २०८२ चैत्र १९, शुक्रबार

भोक्राहा नरसिंह गाउँपालिकाले ३ वटा वडामा हेल्प डेक्स संचालनमा लियाए

सुरेन्द्र कुशवाहा 6086  पटक हेरिएको

 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले हेल्प डेस्क संचालनमा ल्याएको छ। पालिकाले ३ वटा वडामा हेल्प डेक्स संचालनमा ल्याएको हो।

भोक्राहा नरसिंह गाउँपालिका नवनिर्वाचित गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले निर्वाचन भन्दा पहिला जनता सङ्ग गरेका बाचा, प्रतिबद्धता तथा घोषणपत्रमा उल्लेख गरेका बुदा मध्येको हेल्प डेस्क मंगलबार वडा नम्बर ७ मा संचालनमा ल्याउनुको बताएका छन। भने बुधबार १र२ नम्बर वडा लगायत अहिलेसम्म ३ वटा वडामा हेल्प डेक्सबाट कम्प्युटर टाईपिंग, प्रिन्टिंग, स्कानिंग, ईमेल, ईन्टरनेट, निवेदन लेख्ने तथा विभिन्न फारामहरु भर्ने लगायतका सुविधाहरु सेवाग्राहीहरुलाई नि:शुल्क दिइनेछ।

अरु ५ वटा वडामा हेल्प डेक्स पनि क्रमश छिटै संचालनमा आउने पालिका अध्यक्ष अजमल अख्तर अजादले प्रतिबद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति: २०२२-०६-०५ , समय : १४:५९:४१ , ४ वर्ष अगाडि

error: Content is protected !!