Breaking News
काठमाडाैं | राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । जसमा ३ जना ज्येष्ठ नागरिक रहेका छन् ।
यसअघि मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले उनीहरूको सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सरकारको सिफारिस कार्यान्वयन गर्दै राष्ट्रपतिले माफी मिनाहा दिएका हुन् ।
प्रकाशित मिति: २०२३-०९-१९ , समय : १९:१९:४८ , २ वर्ष अगाडि