बि.स. : २०८२ माघ २७, मंगलबार

जहदामा आन्तरिक विवादको कारण विदाको दिन लेखा अधिकृतले कार्यालयको कागज नष्ट गरे

कोशी प्रदेश सम्वाददाता 3714  पटक हेरिएको

विराटनगर। जहदा गाउँ पालिकाका प्रमुख र लेखा अधिकृत बीच भएको आन्तरिक विवाद कै कारण लेखा शाखामा रहेको केहि कागजहरु नस्ट गरिएको छ। लेखा अधिकृत प्रदिप भण्डारी बढुवा भई गाउँ पालिकाबाट विदा भए पछि निज भण्डारीले विहिबार सार्वजनिक विदाको दिन पुन : कार्यालयमा आइ कागज पत्रहरु जलाउनु भएको हो।

वहाँले कार्यालयलाई आवश्यक पर्ने कागज पत्र जलाएको हो वा अन्य कागज हो ? यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट टोलि गई आन्तरिक अनुसन्धान समेत गरिएको छ। जहदा गाउँ पालिकाका प्रशासकीय अधिकृत सुरेश यादव संग जिज्ञासा राख्दा विदाको दिन कार्यालयका सह लेखा पाललाई राखेर कागज जलाएको कुरा आफुले थाहा पाएको तर कुन कागज नष्ट गरिएको हो आफुलाई जानकारी नभएको बताउनुभयो।

त्यसै गरि जहदा गाउँ पालिकाका सह लेखा पाल फडिन्द्र फुयलसंग जिज्ञासा राख्दा पुर्व लेखा अधिकृत प्रदिप भण्डारी विदाको दिन आएर कार्यालयलाई चाहिने कागज छुटाई वहाँको व्यक्तिगत कागज आगो लगाईएको बताउनुभयो। भण्डारी ४ वर्ष देखि बस्दै आएको हो। वहाँको उक्त समय कार्यालय घर बनेको थियो। ४ वर्ष देखि रहेको वहाँको व्यक्तिगत कागजहरु नष्ट गरिएको हो भन्नु भयो। तर यो कुरालाई स्वीकार गर्ने पक्षमा कोहि देखिदैन।

त्यहाँ रहदाको व्यक्तिगत कागजहरु ४/४ वर्ष सम्म राखिदैन कार्यालय घरको समान राख्ने स्थान त होइन ? तसर्थ उक्त कार्यालयको विरुद्धमा अख्तियारमा उजुरी समेत परेको हुँदा प्रमाण लुकाउन सो गरिएको हुन् सक्ने आशंका गर्न थालिएको छ।

प्रकाशित मिति: २०२३-०९-१९ , समय : १५:२८:०८ , २ वर्ष अगाडि

error: Content is protected !!