बि.स. : २०८३ बैशाख ११, शनिबार

उद्योग वाणिज्य संघ गरुडाको अध्यक्षका लागि सतिश साहको उम्मेदवारी

मधेश प्रदेश सम्वाददाता- Aarya News 3310  पटक हेरिएको

रौतहट,गरुडा । उद्योग वाणिज्य संघ गरुडाको वाणिज्यतर्फको अध्यक्षको लागि युवा व्यवसायी सतिश साहले उम्मेदवारी दिएका छन् ।

उद्योग वाणिज्य संघ गरुडाको यस पटकको अधिवेशनमा साह सबैभन्दा उत्कृष्ट उम्मेदवारका रुपमा देखा परेका छन् । गरुडा स्थायी घर भएका साह अहिले गरुडलाई कार्यक्षेत्र बनाएर व्यवसायीयक क्षेत्रमा सक्रिय छन्। साहको सेलर मिल पनि छन।

उद्योग वाणिज्य संघमा बसेर युवा व्यवसायीका मुद्धा उठाउनका लागि पनि सबैको साथ पाउने विश्वास गरेको र व्यवसायिक हकहितका लागि आफु निरन्तर सक्रिय हुने साहको भनाई छ ।

उनले भने, ‘युवा व्यवसायीको प्रतिनिधित्व गरेर उम्मेदवार बनेको छु । पक्कै पनि सबै जनाले मलाई साथ दिनुहुनेछ भन्ने आशा गरेको छु । त्यसैले सबैसँग मलाई विजयी गराउनका लागि पनि आग्रह गर्दछु ।’

प्रकाशित मिति: २०२३-०९-०२ , समय : ०९:३८:०४ , ३ वर्ष अगाडि

error: Content is protected !!