बि.स. : २०८२ माघ २६, सोमबार

नेपालको राजनीति दशा र दिशा’ पुस्तक विमोचन

Aarya News 3184  पटक हेरिएको

काठमाडौं। चर्चित युवा व्यक्तित्व चन्द्र भुषण साहद्धारा लिखित ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तकको सोमबार बिमोचन गरिएको छ ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीचमा सो पुस्तकको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विमोचन गरेका छन् । सो पुस्तकको प्रकाशन कुशवाहा बिजनेस भेन्चरले गरेको हो ।

आजपाका प्रवक्ता समेत रहेका पुस्तकका लेखक साहले पुस्तकको बिक्रीबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत रकम सार्वजनिक हितको कार्यमा खर्च गरिने बताए । पुस्तकले नेपालमा वैकल्पिक बहस र आलोचनात्मक चेतनालाई बढावा दिने, खुला एवं स्वस्थ संवादलाई प्रोत्साहन गर्ने तथा समाज र देशको गुणात्मक सुधारमा समेत महत्वपूर्ण भूमिका एवं योगदान पुर्याउँने उनले बताए ।

उक्त कार्यक्रममा पूर्वमन्त्री बद्री प्रसाद न्यौपाने, संविधान सभा सदस्य तिलक थापा मगर,.पूर्वसांसद समिना हुसैन, आजपाका उपाध्यक्ष रामप्रित राम, पूर्वविधायक कुन्दन कुशवाहा लगायत सयौंको संख्यामा विभिन्न विद्या तथा क्षेत्रका चर्चित व्यक्तिहरुको सहभागिता समेत रहेको थियो ।

प्रकाशित मिति: २०२३-०८-२८ , समय : २१:५५:४६ , २ वर्ष अगाडि

error: Content is protected !!