बि.स. : २०८२ माघ २६, सोमबार

मध्यहर्षाही स्वास्थ्य चौकीले दादुरा रुबेला विरुद्ध खोप लगाउदै ; केन्द्र,स्थान र मिति सहित

Aarya News 2600  पटक हेरिएको

देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाका ६ महिना देखी १५ वर्ष सम्मका बालवालीकालाई दादुरा रुबेला विरुद्ध‌को खोप लगाउने भएको छ।

श्रवन २८ गते देखि ५ दिन सम्म दादुरा रुबेला विरुद्धको खोप लगाउने कुरा मध्यहर्षाही स्वास्थ्य चौकी प्रमुख सुनिल कुमार भगतले बताउनुभयो। विहिबार अभिमु‌खीकरण कार्यक्रम‌को आयोजना गरि खोप लगाउने बारेमा सरोकारवालालाई जानकारी गराएको थियो।

यो एउटा सरुवा रोग हो। यसको कुनै उपचार नभएर लक्षण अनुसार सतेकता अपनाइन्छ। त्यसैले नेपाल सरकार स्वास्थ्य मन्त्रालय रोग नियन्त्रण तथा व्यवस्थापन महा शाखाले अभियान कै रुपमा अगाडी बढाएको छ भगतले बताउनुभयो।

दादुरा रुबेला विरुद्धको खोप लगाउन सजिलो होस् भनेर गाउँपालिकाले स्थान र केन्द्र समेत तोकेको भगतले बताउनु भयो।

देवानगञ्ज गाउँपालिकाका वडा नम्बर १ मध्यहर्षाही स्वास्थ्य चौकीको केन्द्र ,स्थान र मिति

प्रकाशित मिति: २०२३-०८-१२ , समय : २०:५५:३४ , २ वर्ष अगाडि

error: Content is protected !!