बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

कर्मचारी नै विचोलियाको भूमिका निर्वाह गर्दै

मधु सुधन ज्ञवाली 4587  पटक हेरिएको

विराटनगर। मोरङमा जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वशंजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने काम स्थानीय प्रशासन कार्यालयबाट भई रहेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङबाट यस प्रकारका नेपालीले नेपाली नागरिकता तुरुन्त लिन चाहेमा ८ हजार देखी १० हजार सम्म रकम खर्च गर्नु पर्ने अवस्थाको सिर्जना भएको छ । नेपाली नागरिकता प्राप्त गर्न सहज होस भनेर समय सिमा तोकेर टोकन दिएपनी अत्यावश्यक शब्दको आडमा विचौलीयालाई रकम दिने र समय सिमा अगाडी नै नागरिकता लिने समुहको कमी देखीदैन।

जसले विचौलीया मार्फत जादैन उसले नागरिकता प्राप्त गर्ने समय सिमा पर्खिनु पर्छ। जसले बिचौलीया प्रयोग गर्दछन उसले समय सिमा पर्खनु पर्दैन यसलाई हेर्दा नेपाली नागरिकता प्राप्त गर्न रकम खर्च गर्नु पर्ने भएको छ। विचौलीयाले आफ्नो प्रभाव जिल्ला प्रशासन कार्यालय भित्र र बाहिर जमाई सकेका छन्। बाहिर दोकानमा सेवाग्राही संग रकमको बारेमा कुरा गर्दै गरेको अवस्थामा बिचौलीयालाई पक्राउ गरि प्रहरीको जिम्मा लगाउने काम भई रहेको कुरा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक जिल्ला प्रमुख अधिकारी एवं सुचना अधिकारी प्रदिप शाहले बताउनु भएको छ ।

टोकन लिएका ब्याक्तिहरुलाई उपचार गर्न आहिर जानुपर्ने तर निधारीत समयमा आउन नसकेन प्रमाण देखाउनु पर्ने, वडाको सिफारिस चाहिने डाक्टरले रिफर गर्नु पर्ने लगायतका कागज पेश गरेमा उक्त कागज सहित निवेदन कार्यालयमा दिनुपर्ने र प्रमुख जिल्ला र सहायक प्रमुख जिल्ला अधिकारी विश्वस्त देखिएमा उहाँको तोकको आधार समय सिमा भन्दा अगाडी नागरिकता दिन सकीने कुरा शाहले बताउनुभयो।

तर वहाले भने अनु‌सार प्रकृया पुरा गरेको पाइदैन यसलाई हेर्दा कार्यालय भित्र भित्रै केहि कर्मचारीले विचोलियाको भूमिका निर्वाह गरेको प्रष्ट हुन आउछ। नागरिकता उपलब्ध गराउन टोकन उपलब्ध गराए पछि उक्त प्रक्रिया नपुगे पनि सांकेतिक रुपमा संकेत गरेर नागरिकता दिने काम भएको छ भनेर शाहसँग जिज्ञासा राख्दा म नागरिकताका सही गर्ने र हेर्ने परिन यो प्रक्रियाको बारेमा आफुलाई थाहा छैन।

प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी र नागरिकतामा सही गर्ने कर्मचारीलाई जानकारी गराउने र गलत कार्यलाई निरुत्साहीत गरिने कुरा सहायक प्रमुख जिल्ला अधिकारी एवं सुचना अधिकार शाहले बताउनु भयो।

प्रकाशित मिति: २०२३-०८-०६ , समय : २१:०५:१८ , २ वर्ष अगाडि

error: Content is protected !!