बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मोरङमा ८० प्रतिशतले बैंकमा जग्गा धितो राख्ने बढे ; खरिद विक्रीमा कमी

Aarya News 2591  पटक हेरिएको

तस्विर सामाजिक सञ्जाल

विराटनगर। मोरङमा पछिल्लो समय जग्गाको खरिद विक्री तर्फ निकै कमि आएको छ।

मालपोत कार्यालय विराटनगर अन्तर्गत पर्ने जग्गा खरिद विक्री तर्फ भन्दा पनि बैंकमा धितो राखी कारोबार गरेको व्यक्तिहरु मध्ये अधिकांशले आन्तरिक रुपमा कर्जा चुक्ता र पुन: लिएको देखाउदै जग्गा धितो पास हुने गरेको छ । मालपोत कार्यालय विराटनगरमा जग्गा पास भएको मध्ये ८० प्रतिशत बैंकलाई धितो राखी कारोबार गर्नेको मांग बढेको छ।

यसरि काम हुँदा अधिकांशको घर जग्गा लिलाम हुन् बाट जोगिने देखिएको छ। मालपोत कार्यालय विराटनगर मार्फत उठ्ने राजश्वको तिन भाग लगाइन्छ यसले गर्दा राजश्व न उठ्दा विकास तर्फ समेत खर्च गर्ने रकम संकलन हुन् सकेको छैन। जग्गाको कारोबारमा मन्दी आए पनि यस कार्यालयबाट गरिने नामसारी, हालसाबिक , संशोधन ,दाखा र हकसफा तर्फ भने काम भइरहेको छ।

मालपोत कार्यालय विराटनगर बाट आ व २०७९ /२०८० मा विभिन्न तह तर्फ परेका २६२३ वटा मुद्दा मध्ये सबै फस्योट भएको छ। नामसारी तर्फ ९५२ वटा मुद्दा परेको ,हालासाबिक तर्फ ६०४ ,संशोधन तर्फ १०८ मुद्दा परेकोमा सबै मुद्दाहरु फस्योट भएको छ। दाखा तर्फ २८४ र हक्सफा तर्फ १ मुद्दा परेको मा सबै मुद्दा फस्योट भएको छ।

मालपोत कार्यालय विराटनगरका मुद्दा शाखाका कर्मचारीहरुले सक्रियताले मुद्दा फस्योत समयमै सम्पन्न भएको हो।

प्रकाशित मिति: २०२३-०८-०४ , समय : २०:३५:४० , २ वर्ष अगाडि

error: Content is protected !!