बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सेउती पुलमा चौधरीलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

Aarya News 1156  पटक हेरिएको

देवानगञ्ज। सुनसरीको सेउती पुलमा चौधरीलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय दिपक तिमिल्सिना र सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर का ३४ वर्षीय अनसन राई रहेका छन्।

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५ कोचाखाल बस्ने २८ वर्षीय रोहित चौधरीलाई सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० सेउती पुलमा गोली प्रहार गरी हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट एक थान अटोमेटिक चाइनिज पेस्तोल,९ राउण्डगोली, २ थान म्यागजिन, २ वटा खुकुरी,औठी र गोलीको खोका पनि बरामद गरेको छ।

पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागूऔषध दुर्व्यसनी रहेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार धरानको छुट्टाछुट्टै स्थानमा भएका श्रृङखलाबद्ध लुटपाटमा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ।

उनीहरू उपर १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति: २०२३-०८-०३ , समय : २०:४४:३२ , २ वर्ष अगाडि

error: Content is protected !!