बि.स. : २०८३ आषाढ ०६, शनिबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

Aarya News 2959  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।

थापालाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सभामुख बाबुराम गौतमले राजीनामा दिएसँगै कांग्रेस माओवादी केन्द्रका ४७ सांसदहरुको समर्थनसहित थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा केहीबेर अघि दावी पेश गर्नु भएको थियो ।

९३ सदस्यीय कोशी प्रदेशमा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक जना सांसद छन ।

प्रकाशित मिति: २०२३-०८-०१ , समय : १७:५७:२९ , ३ वर्ष अगाडि

error: Content is protected !!