बि.स. : २०८२ चैत्र १९, शुक्रबार

मोरङमा कटुवा पेस्तोल सहित एक जना पक्राउ

Aarya News Desk 2660  पटक हेरिएको

विराटनगर। मोरङमा कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका- ३ स्थानीय ३२ बर्षीय राज कुमार तुम्बाफोलाई पेस्तोल सहित पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट १ थान कटुवा पेस्तोल सहित आईतवार साँझ पक्राउ गरेको थियो।

पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०७-३१ , समय : २०:०७:३० , ३ वर्ष अगाडि

error: Content is protected !!