बि.स. : २०८२ माघ २७, मंगलबार

सरकारले आफ्नोलाई फाइदा पुर्याउन सुनको अवैध कारोवार वृद्धि

Aarya News Desk 2980  पटक हेरिएको

विराटनगर। विराटनगर वैधानिक तरिकाले विभिन्न बैंकहरुके आयात गरको सुनको अवस्था के छ यस तर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन।

नेपाल सुन चाँदी व्यवसायी महा संघ केन्द्रिय समिति को सिफारिसमा सुन आयात बैंकले सुन व्यवसायीहरुलाई सुन उपलब्ध गराउदै आएको छ। यसरि वैधानिक तरिकाले आयात गरिने सुनको परिमाण कति हुन्छ यस तर्फ अहिले सम्म कसैको ध्यान जान सकेको छैन। सुन चाँदी व्यवसायी महा संघको सिफारिसमा दैनिक १० किलोग्राम सुन उपलब्ध गराउनु पर्ने हुन्छ।

नेपाल सुन चाँदी व्यवसायी महा संघ केन्द्रिय समिति ,नेपाल सुन चाँदी व्यवसायी संघ मोरङ मार्फत उपलब्ध गराउनु पर्ने सुन समेत उपलब्ध गराउन सकेको छैन। मोरङमा मात्र १३० वटा भन्दा बढी सुन चाँदी पसलहरु महा संघमा आवध छन्।

मोरङलाई मात्र महिनामा कम्तिमा ५/६ किलोग्राम सुन चाहिन्छ। तर महिनामा १ किलोग्राम सुन प्राप्त हुने गरेको कुरा सुन व्यवसायीले बताउने गरेका छन्। वैसाख जेष्ठ र असारमा ३ किलोग्राम सुन आएको छ सुन प्रयाप्त छैन काठमाडौँ बाहेकको अन्य जिल्लाको अवस्था पनि यस्ते रहेको बताइन्छ। अवैध तरिकाले नेपाल ल्याएको सुन किन्न मोरङका सुन व्यवसायीहरु बाध्य बनेका छन्।

सुन आयात कार्तालाई अनुमति दिन्छ सुन आयात गर्न अनुमति दिएमा सुनको तस्करी कार्य रोकिन सक्दथ्यो तर सरकारले सुन आयातमा अंकुशलाई कोटा निर्धारण गरेको कारण सुन तस्करहरु सक्रिय भएका हुन् एक सुन व्यवसायीको तर्क रहेको छ।

बैंकलाई सुन आयात गर्न अनुमति दिए पनि बैकले आफुले सुन आयात गर्न पाएको कोटा अनुसार सुन आयात गर्न सका छैन। कोरोनको समय मा बैंकले अनुमति पाई आयात गरेको सुन बैंक मै थन्किएको कारण बैंकले आफ्नो पुजीलाई बजारमा ल्याउन सकेको थिएन।

सुन आयातमा कोटा न लाइकन सुन आयात गर्न आनुमति दिएमा सुनको अवैध कारोबारमा कमि आउने थियो। तर आफ्नोलाई फाइदा पुर्याउन सुनको अवैध कारोवार प्रति ध्यान दिएको छैन देखिन्छ यस तर्फ सम्बन्धित निकायको समय मै ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२३-०७-२९ , समय : ०९:३४:२३ , ३ वर्ष अगाडि

error: Content is protected !!