बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपाल–भारत सीमामा गोली चल्यो; एकको मृत्यु

Aarya News Desk 1068  पटक हेरिएको

धनुषा। धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित नेपाल–भारत सीमामा अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ।

शनिबार बेलुका साढे ८ बजे पहिचान खुल्न नसकेको ३५ वर्षीया महिलाको गाली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनास्थल भारततर्फ रहेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शवको पोस्टमार्टमका लागि लगेको प्रहरी नायव उपरीक्षक गौतमले बताए। उनका अनुसार ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि खुल्न सकेको छैन। ‘सीमाक्षेत्र रहेकोले घटनास्थालमा हाम्रो एसपी साब(विश्वराज खड्का)पनि पुग्नुभएको थियो,’ गौतमले भने।

मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले ती महिलालाई दुई राउन्ड गोली हानेर भारततर्फ नै भागेको बुझिएको छ। नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: २०२३-०७-२३ , समय : १३:५३:१८ , २ वर्ष अगाडि

error: Content is protected !!