बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

विराटनगर महानगर पालिकाको दोधारे निति

कर तिर पसल संचालन गर तर सूर्ति एवं सुर्तीजन्य वस्तुको विक्री वितरण नगर

Aarya News Desk 2457  पटक हेरिएको

विराटनगर । विराटनगर महानगर पालिकाले श्रावन १ गते देखि सुर्ती जन्य वस्तुको विक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको छ।

विगत २ महीना अगाडी देखि नै सूर्तिजन्य वस्तुको विक्री वितरण र सार्वजनिक स्थलमा सेवन गर्न नपाइने भन्दै अभियान चलाए पनी उक्त अभियान पानीमा वालुवा हाले सरह भएको छ। निर्णय गर्न जति सजिलो देखिन्छ तेसको कार्यान्वयन गर्न निकै कठिन हुने भएको छ। विराटनगरमा मात्र सूर्तिजन्य उद्योगहरु मधु प्रोडक्ट, राधाकृष्ण प्रॉडकर, गणपति प्रोडकर, बालाजी उद्योग रहेका छन।

उक्त उद्योगहरुले उत्पादन, भण्डारण र डिलर मार्फत बजारमा विक्रीको लागी ल्याइरहेका छन भने विराटनगर बाहिर उत्पादन भएका सुर्तीजन्य वस्तुहरु विराटनगरमा डिलर मार्फत बजारमा ल्याईरहेका छन।

महानगर पालिका उत्पादन र भण्डारण मै रोक लगाउन सक्ने अवस्थामा देखिदैन। महानगर पालिकाले उद्योग खोल्न दिने उत्पन्न गर्न दिने तर विक्री वितरण गर्न पाइँदैन भन्नुलाई उद्योगीले सहजरूपमा लिएका छैनन।

विराटनगर मा मात्र १०० बढी पान पसल छन सोहि अनुपातमा चिया नास्ता पसल छन लाखौ रुपैया खर्च गरेर क्याफे संचालनमा र धेरै रक्सी एवं माछा पसल छन।

त्यसै त्यहाँ जाने ग्राहक मध्ये ७५% ले सूर्ति एक सूर्तिजन्य वस्तुको सेवन गर्दछन सोही ठाउँमा अहिले चिया नास्ता पसला क्याफे मध्ये केहि ठाउँमा गाँजा हुक्का चुरोटको बढी प्रयोग हुने गरेको छ।

जस्ले महानगरपालिका लाई कर तिरी रहेका छन। यहाँ महानगर पालिकाले कर तिर पसल संचालन गर तर सूर्ति एवं सुर्तीजन्य वस्तुको विक्री वितरण नगर भन्नुलाई महानगर पालिकाको दोधारे निति रहेका स्पष्ट हुन् हुन् आउछन।

सुर्ती एवं सूर्तिजन्य वस्तुको उत्पादन भण्डारण मै रोक लगाउने हो भने सूर्तिजन्य वस्तुको सेवनमा कमि ल्याउन सकिन्छ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : २०:४९:५७ , २ वर्ष अगाडि

error: Content is protected !!