बि.स. : २०८३ बैशाख १३, सोमबार

पिता परमेश्वरको शिविरमा उपचार गराएका शिवनाथ अस्पताल भर्ना

Aarya News 3307  पटक हेरिएको

प्रस, परवानीपुर। पिता परमेश्वरको नाममा शिविर चलाइरहेका विकास राउत थारूको उपचारबाट एकजना गम्भीर बिरामी भएका छन् ।

जस्तोसुकै असाध्य रोग पिता परमेश्वरको प्रार्थनाले निको पार्ने दाबी गर्दै आएका थारूको उपचारबाट पोखरिया नगरपालिका–५ निवासी शिवनाथ राउत गम्भीर बिमारी भएका हुन् । उनी मधुमेहका रोगी हुन् । डेढ महीनाअघि शिविरमा गएका शिवनाथलाई थारूले मन्त्राएको पानी सेवन गर्न दिएका थिए । सोबाट मधुमेह रोग निको हुने उनले दाबी गरेपछि शिवनाथले मधुमेहको औषधि सेवन गर्न छाडेका थिए । चिकित्सकले दिएको मधुमेहको औषधि त्यागेर उनले थारूले मन्त्राएको पानी औषधि मानेर सेवन गर्दा अहिले उनको मधुमेह बढेको छ र उनी उपचारको लागि अस्पताल भर्ना हुनुपरेको छ ।

छोरा प्रहरी सेवामा भएकाले उनको उपचार वीरेन्द्र प्रहरी अस्पताल, काठमाडौंमा भइरहेको छ । मधुमेह बढेपछि मिर्गौलामा असर गरेको चिकित्सकले बताएका छन् ।प्रतीक दैनिक

प्रकाशित मिति: २०२३-०७-११ , समय : १५:२९:४४ , ३ वर्ष अगाडि

error: Content is protected !!